उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टी

जनकपुरधाम  । प्रदेश दुइमा एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । 

मंगलबार न्यायाधीश सहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । यस अघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यता न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाहीबाहेक अन्यकाम शुक्रबारदेखि ३१ गतेसम्म स्थगित गर्ने उच्च अदालतले निर्णय गरेको छ ।

‘उच्च अदालत जनकपुरका एकजना न्यायाधीशमा  कोरोना पोजिटिभ देखिएको र अस्पतालका विज्ञ डाक्टरका अनुसार प्रदेशभर कोरोना संक्रमणको गति तिव्र रुपमा फैलिइरहेकोले उच्च अदालत जनकपुर, धनुषा जिल्ला अदालत, उच्च तथा जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग भएको छलफलमा लकडाउनको अवधिमा गरिँदै आइएका निश्चित कामकारबाहीबाहेकका अन्य काम कारबाही शुक्रबारदेखि साउन मसान्तसम्म स्थगन गरिएको अदालत्द्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर