• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

मलेसियामा नेपाली कुटिएको भाईरल भिडियो बारे अनुसन्धान शुरु

मलेसिया । लाखौं नेपाली रोजगारीका लागि पुग्ने मलेसियामा कामदार कुटिएको विषय पछिल्लो चरणमा चर्चामा आएको छ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियो सामाजिक सञ्जारमा भाईरल भएपनि त्यहाँस्थित नेपाली दूतावासले छानविन थालेको हो ।  
मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घटनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।

दूतावासले भनेको छ, ‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ, सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ ।’

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ । ‘[email protected] वा हाम्रो हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन समेत अपिल गर्दछौ,’दूतावासले भनेको छ । मलेसियामा सुरक्षागार्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । 

बिहिबार मलेसियामा कार्यरत एक सुरक्षा गार्डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले लठ्ठीले पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो।

भिडियोमा पिट्ने व्यक्तिले लगातार बोल्दै पिटिरहेका देखिन्छन् । सुरक्षा गार्डको पोशाक लगाएका व्यक्ति चुपचाप पिटाइ सहिरहेका छन् । सुरक्षा गार्डमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर