• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 04:12 am

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे

फाइल तस्बिर

हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, ¥याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए ।

“असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भने, “अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।”

विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताए । “गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ”, सिंहले भने, “औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।”    

पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाउने काम भएको बताएको छ । गाउँपालिकाले पशुको औषधि खरिद नगरेकाले जिल्लाबाटै पठाउनुपर्ने हुँदा केही ढिला जस्तो भएको कार्यालय ज्ञानेन्द्र सिंह बुढथापाले बताए । उनले तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेश : यी हुन् बजेट कार्यान्वयनमा अब्बल मन्त्रालय

  • २३ श्रावण, २०७७

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट विश्वका प्रायः सबै देश प्रभावित छन् । कोभिड–१९ को यो विश्वव्यापी सङ्कटले

अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसकेपछि सुत्केरीको मृत्यु, परिवारले शव उठाएनन्

  • २३ श्रावण, २०७७

जनकपुरधाम । महोत्तरीका राजकिशोर महतो श्रीमती सुत्केरी हुने समय आएसँगै निकै खुसी थिए । पहिलो सन्तानको प्रतिक्षामा रहेका महतो दम्पतिको यो खुसी धेरै

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

  • २३ श्रावण, २०७७

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक जनाको मृत्यु भएको छ ।शुक्रबार बिहान ४ बजेतिर हात्तीको