• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 08:04 pm

जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा घोषणा

महोत्तरी । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सो सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ ।    

एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको

बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

  • १९ श्रावण, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।  १४ साउनमा आएको बाढीमा परी मृत्यु भएका

बाग्लुङमा पहिरोका कारण १३ घरपरिवार विस्थापित

  • १९ श्रावण, २०७७

बागलुङ । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला