• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपाको विवाद पदको छिनाझप्टि विल्कुलै होइन् : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको भन्दै के होला कसो होला भन्नेजस्तो भएको टिप्पणी गरेका छन् ।  जन नायक तुल्सिलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले यो पदको निम्ति विवाद नभएको स्पष्ट गरेका छन् । 

अध्यक्ष दाहालले भने,‘मैले संविधान बनाउने बेलामा पनि, निर्वाचन प्रक्रिया स्थानिय तहको गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन्, राष्ट्र र जनताको भविक्ष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर...’

अध्यक्ष दाहालले पद प्राप्तिका लागि तंछाडमछाड गरेको जस्तो देखिएको भन्दै उनले भने,‘यो पदको छिनाझप्टि विल्कुलै होइन् ।’

उनले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको बताए । उनले भने,‘पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने हाम्रो चिन्ता हो ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर