• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 08:21 pm

ब्राजिलमा २४ घन्टामा थपिए ५२ हजारभन्दा बढी नयाँ संक्रमित

रियो डि जानेरो । ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । 

योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ । 

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ । 

गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।     

यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । 

यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिलिपिन्सको राजधानीमा मंगलबारदेखि पुनः लकडाउन

  • १९ श्रावण, २०७७

मनिला ।  फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।  राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग

अफगानिस्ताको एक जेलमा आइएसको आक्रमण, २० कैदी मारिए

  • १९ श्रावण, २०७७

जलालाबाद । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ

विश्वकै खुशी देशकी कान्छी प्रधानमन्त्री मरिनले गरिन् विवाह 

  • १९ श्रावण, २०७७

एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले फिनल्याण्डकै पूर्वफूटबल खेलाडी तथा प्रेमी मार्कस रायकोनेनसँग  विवाह गरेकी छिन्