• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अनलाईन स्विमिङ्ग लेभल १ कोर्स सुरु

काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनामा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट सुरु भएको छ । प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधी र पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्स संचालन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ । शनिबार र आईतबार दुई दिन संचानल हुने कोर्समा ट्राईयाथलन र पौडी संग सम्वन्धित २५ प्रशिक्षकहरुले विहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म अनलाईन कोर्समा सहभागिता जनाईरहेका छन् । नेपालमा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्न अनलाईन मार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो ।

प्रशिक्षार्थीहरुलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । कोर्सबाट पौडी सम्वन्धि नयाँ ज्ञान प्राप्त भएको र लामो दूरीको पौडी प्रशिक्षणले आगामी दिनमा पौडी खेलाडीहरुको स्तर बृद्धि गर्न मद्धत पुग्ने र नयाँ खेलाडीहरु उत्पादनमा निकैनै ठुलो कोशे ढुङ्गा सावित हुने प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर