• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राष्ट्रपति सीले भने–'चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार '

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले  राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको बताएका छन् । नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले यस्तो बताएका हुन् । उनले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको पनि बताएका छन् । 

त्यस्तै राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा नेपाल–चीन बीचको सम्बन्धलाई थप बढाउन रणनीतिक साझेदारी र सहकार्यलाई विकास र सम्वृद्धिको लागि कहिल्यै नटुंगिने मित्रताको रुपमा लिने निर्णय भएको बताएको परराष्ट्रमन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।  राष्ट्रपति भण्डारीले चीनले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ महामारीको बेलामा अतिआवश्यक मेडिकल सामग्री र आफ्ना ज्ञान, अनुभवहरुको जानकारी दिएकोमा पनि प्रशंसा गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै  प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सीले गरेको नेपाल भ्रमण र आफ्नो  चीन भ्रमणका दौरान भएका सहमति र सम्झौतालाई स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर