• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चिलीमा मानिसको पसिना सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने कुकुर

एजेन्सी । चिलीमा प्रहरी अधिकारीहरुले कुकुरहरुलाई मानिसको पसिना सुँघेर कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि तालिम दिइरहेका छन् । 

चिल्लीमा अघि यस्तो काम बेलायतमा पनि परीक्षण गरिएको थियो, जसको नतिजा सकारात्मक आएको थियो । सामाचार एजेन्सी रोयटर्सका अनुसार सुरुवाती तालिमका लागि चार वटा कुकुरलाई सहभागी गरिएको छ, जसलाई ‘स्निफर डग’(बनाइनेछन् । 

राजधानी सेन्टियागोमा विशेष तालिम केन्द्रमा यि कुकुरहरुलाई प्रशिक्षण दिइरहेकोम छ । उक्त कामका लागि यी कुकुरहरुलाई हरियो रंगको विशेष बायोडिटेक्टर ज्याकेट दिइएको छ । 

स्निफर डग ड्रग्स, विस्फोटक वा संदिग्ध व्यक्तिको पहिचानका लागि तालिम प्राप्त कुकुर हुन् । यद्यपि, अहिले सुघेर मलेरिया, क्यान्सर र पार्किनसन जस्ता रोग पत्ता लगाउनका लागि यी कुकुरको प्रयोग गरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर