• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

इनफ इज इनफले उठाएका मागमा कांग्रेसको ऐक्यवद्धता, देउवा पुगे अनसनस्थल

काठमाडौं । पिसिआर परिक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगाएतका इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

शनिबार बसन्तपुरमा अनशनरत इनफ इज इनफका इशान अधिकारी इ लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए । बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र  अनसन तोडाउनुपर्ने उनले बताए ।

कोरोनाबाट कोहिपनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ । देउवाले  इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भत्र्सना गरेको उल्लेख गरे ।  

इनफ इज इनफले पिसिआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ । यसअघि सरकारले आफुहरुसंग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुन अनसन सुरु गरेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर