• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने

बग्दाद । इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका हुन् ।

उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरेका छन् । 

‘म यो घोषणा गर्न चाहन्छु कि आगामी सन् २०२१ को जुन ६ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सवैको सहयोग र समर्थन हुनुपर्दछ,’ उनले भनेका छन् । 

टेलिभिजन सन्देशका क्रममा उनले अव हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिए । 

उनले निर्वाचनका लागि आवश्यक सवै कानुन पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गरेका छन् । 

उनले अन्तरराष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराए । सिन्ह्वा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर