• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 08:12 pm

सशस्त्र प्रहरीका थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

ईलाम । इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
     
यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए । 

बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ । आज (शनिबार)पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रादेशिक अस्पताल जनकपुरधामका १७ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको १७ जना कोरोनाबाट संक्रमित भएका छन् । तीन अगाडी आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली नै भएको पुष्टि

  • १९ श्रावण, २०७७

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको खुलेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार

आफूले रोपेको बिरुवा बगैँचा हेर्न निजी निवास बालकोट पुगे प्रधानमन्त्री ओली ! (तस्वीरहरु)

  • १९ श्रावण, २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालकोटस्थित निजी निवासमा पुगेका छन् । प्रधानमन्त्री भएको लामो समयपछि उनी निजी निवास पुगेका हुन्