• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 02:27 am

रोकिएन सीमानाबाट भित्रिने क्रम

कैलाली ।कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज  नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
 उनले भन्सार नाकाबाट हालसम्म जम्मा एक लाख बढी नेपाली स्वदेश भित्रिएको बताए  । “बन्दाबन्दीको शुरुका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा छ”, उनले भने, “आजभोलि दिनमा एक सयदेखि दुई÷तीन सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।” शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म नेपाली भित्रिएको तथ्याङ्क छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ । आफैँ काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिइ हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्नेबाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए ।

अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने सूचना अधिकारी उहाँले जानकारी दिए । त्यस्तै यस कार्यालयले नियमितरूपमा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बेला सवारी पासका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले शुक्रबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट अन्य  कामका लागि सवारी पास जारी नगरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जुगल र बलेफीको बाढी प्रभावित क्षेत्रमा पुगे सिन्धुपाल्चोकका युवा नेता

  • २३ श्रावण, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको जुगल र गाउँपालिकामा बिहिबार मध्यान्हदेखि परेको वर्षाका कारण भएको क्षतिको अनुगमन तथा निरीक्षण भएको छ । बागमती प्रदेशका

विराटनगरमा कोरोनाका कारण थप एकजनाको मृत्यु

  • २३ श्रावण, २०७७

विराटनगर । विराटनगरमा एक जना सङक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन :रायमाझी

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन्