• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 03:03 am

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

फाईल फोटो ।

दार्चुला। दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र    दर्जन बढी घर जोखिममा परेका छन् । महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र  दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन ।
 
शनिबार  बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ । यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको  तीनतले घर पनि बाढीपहिरोले  बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए । 
यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ । लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो । यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ । बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जुगल र बलेफीको बाढी प्रभावित क्षेत्रमा पुगे सिन्धुपाल्चोकका युवा नेता

  • २३ श्रावण, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको जुगल र गाउँपालिकामा बिहिबार मध्यान्हदेखि परेको वर्षाका कारण भएको क्षतिको अनुगमन तथा निरीक्षण भएको छ । बागमती प्रदेशका

विराटनगरमा कोरोनाका कारण थप एकजनाको मृत्यु

  • २३ श्रावण, २०७७

विराटनगर । विराटनगरमा एक जना सङक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन :रायमाझी

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन्