• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 क्वारेन्टिनको सुरक्षामा खटिएकी महिला प्रहरीमा कोरोना पुष्टि 

झापा। झापाको  विर्तामोडमा क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ।
शनिबार इलामका १७ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर