• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिकामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाप्रति टिकटकले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सेयरिङ एप टिकटक अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने चेतावनीप्रति टिकटकले प्रतिक्रिया दिएको छ । 

यसबारे अमेरिकामा टिकटकको जनरल म्यानेर भेनिसा पापाजले भनिन्, ‘हामी अमेरिकामा अझै लामो समयसम्म रहेनछौँ ।’ एक भिडियो सन्देशमा भेनिसा पापाजले टिकटक प्रयोगकर्ताहरुलाई कम्पनीको कर्मचारीहरुले सुरक्षित मोबाइल एप बनाएको बताएकी छिन् । 

बिहिबार ट्रम्पले यस मोबाइल एप टिकटकले प्रयोगकर्ताको नीजि जानकारीहरु चोरी गर्ने भएको एक आदेश जारी गर्दै प्रतिबन्ध लगाउने बताएका थिए । यद्यपि, चिनियाँ एप टिकटकले भने यसमा चीन सरकारको नियन्त्रण नरहेको बताउँदै आएको छ । 

अमेरिकामा हरेक महिना करिब ८ करोडले टिकटकको प्रयोग गर्छन् । यदि अमेरिकाले टिकटकमामिथ प्रतिबन्ध लगाएमा एप निर्माता कम्पनी बाइटडान्सलाई निक्कै ठूलो झट्का लाग्नेछ । 

यद्यपि, हालसम्म ट्रम्प कुन अधिकारको प्रयोग गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउन सक्छन्, प्रतिबन्धलाई कसरी लागू गर्नेछन् र के यो प्रतिबन्धलाई कानुनी रुपले चुनौती दिन सकिन्छ भन्ने स्पष्ट भइसकेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर