बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ। 

१४ साउनमा आएको बाढीमा परी मृत्यु भएका तीनजनाका परिवारलाई २५/२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले बताइन्। 

बाढीमा मृत्यु भएका भजनी-८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका  ईश्वर शाह र  चक्र विकका परिवारलाई राहत प्रदान गरिएको छ।  उनले भनिन्, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” 

उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी  दिइन्। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर