• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

टिकटकको काउन्टडाउन सुरुः माइक्रोसफ्ट कम्पनीलाई बेचिन ट्रम्पको ४५ दिने अल्टिमेटम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय चिनियाँ सर्ट–भिडियो सेयरिङ एप टिकटकलाई चर्चित कम्पनी माइक्रोसफ्टलाई दिन ४५ दिने समयदिन तयार भएका छन् । 

अमेरिकामा टिकटकले माइक्रोसफ्टको मातहतमा रहेर सेवा दिने भए अमेरिकामा प्रतिबन्ध नलगाउने बताउँदै ट्रम्पले यो समय दिएका छन् । यसका लागि टिकटकले ४५ दिनभित्रमा माइक्रोसफ्टसँग बेच्नका लागि सहमति गरिसक्नुपर्ने छ । 

हाल टिकटक र माइक्रोसफ्टबीच यही विषयमा छलफल भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

अमेरिकाले टिकटकले प्रयोगकर्ताको डेटा सुरुक्षामाथि प्रश्न उठाउँदै यस एपले प्रयोगकर्ताको जानकारी सिधा चिनियाँ सरकारले दिने गरेको बताएँदै आएको छ । 

एक महिना लामो छलफलपछि टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्स यो निष्कर्षमा पुगेको रोयटर्सले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर