• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

विश्वकै खुशी देशकी कान्छी प्रधानमन्त्री मरिनले गरिन् विवाह 

एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले फिनल्याण्डकै पूर्वफूटबल खेलाडी तथा प्रेमी मार्कस रायकोनेनसँग  विवाह गरेकी छिन् ।

प्रधानमन्त्री मरिन र रायकोननले १६ वर्षको लामो प्रेम सम्बन्धपछि विवाह गरेका छन् । र मरिनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको तस्विर पोस्ट गरेकी छिन् । 

‘आफूले प्रेम गरेको व्यक्तिसँग जिन्दगी साझा गर्न पाउँदा म खुशी र आभारी भएकी छु,’ उनले तस्विरको क्याप्सनमा लेखेकी छिन् । 

शनिवार विवाह समारोह प्रधानमन्त्री निवास कसरान्तामा भएको फिनल्याण्ड सरकारले जनाएको छ । मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए । 

३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन् । उनको नाम एमा अमालिया मरिन हो । गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री बनेकी थिइन् । 

फिनल्याण्ड विश्वकै सबैभन्दा खुशी देश अर्थात् नागरिक खुशी रहने देशको रुपमा चिनिन्छ भने त्यहाँकी प्रधानमनत्ती मरिन विश्वकै कान्छि प्रधानमन्त्री हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर