• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोना भाइरस संक्रमणबाट विराटनगरमा ७७ वर्षिय वृद्धको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणबाट आज विराटनगरमा ७७ वर्षिय वृद्धको मृत्यु भएको छ ।

आज बिहान स्वासप्रस्वासमा समस्या भएर जचाउँन कोशी अस्पताल पुग्नुभएका वृद्धको आइसोलेसनमा राखेर उपचार गर्दागर्दै अपरान्ह मृत्यु भएको हो । 
विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालले पुष्टि गरेको छ । ‘बिहान साढे ९ बजे ज्वरो र स्वासप्रस्वासको समस्या लिएर आउनुभएको थियो,’ अस्पतालका डा दिपक सिग्देलले भने ‘ हामीलाई शंका लागेर स्वाब पनि संकलन गर्यौं र रिपोर्टपनि आयो, तर आइसोलेसनमा उपचार हुँदाहुँदै अपरान्ह ३ बजेतिर उहाँको निधन भयो ।’


कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । मृतकको शव अहिले अस्पतालमै छ । शव व्यवस्थापनका लागि अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको छ । संक्रमितको शव व्यवस्थापन नेपाली सेनाको विशेष टोलीले परिवारसँगको सहमतिमा गर्ने बताइएको छ । 

प्रदेश १ मा कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर