• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:21 pm

चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउछु– राखेप सदस्यसचिव सिलवाल

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने दावी गरेका छन् । 

    नेपाल भलिबल सङ्घले उनको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने,  “खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु, मलाई पुनः जिम्मेवारी दिएकामा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु, उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।”

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताए। उनले भलिबल सङ्घलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबका चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेश्रो खेलमा पनि सन्दीप दिल्लीको प्लेईङ सेटमा अटाएनन्

  • १३ असोज, २०७७

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेश्रो खेलमा पनि सन्दीप दिल्लीको  प्लेईङ सेट बाहिरै रहेका छन् । तेश्रो खेलमा दिल्ली क्यापिटल्सले

धुर्मुस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरको ५० लाख सहयोग

  • १३ असोज, २०७७

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि ५० लाख सहयोग गरेको छ । मंगलबार

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

  • १३ असोज, २०७७

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्। १२ पटकका विजेता नाडालले बेलारुसका इगोल गेरासिमोभलाई पराजित गरेर