• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:15 pm

अफगानिस्तानमा एक जेलमा आईएससँगको झडपमा मृत्यु हुनेको संख्या ३७ पुग्यो

जललावाद । अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ । देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । 

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठ जना आक्रमणकारीहरुलाई मार्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको दावी गरे । 

सरकारी अधिकारीहरुले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कुल ३७ जनाको मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामध्ये आठ जना आक्रमणकारी भएपनि अरु २९ जनामा आम नागरिक, सुरक्षाकर्मी, कैदीका चौकीदार र कैदीहरु पनि रहेका वताइएको छ । 

सोही घटनामा परी शुरुमा २१ जनाको मृत्यु भएको र त्यसपछि कुल २९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । 

रक्तपातपूर्ण यस भिडन्त स्थानीय समयअनुसार आइतबार बेलुका साढे ६ बजेदेखि शुरु भएको थियो । भिडन्तका क्रममा कारबमलगायतका हात हतियारहरुको प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । 

घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको पनि प्रवक्ता कोगियनीले पुष्टि गरे । तर सुरक्षाकर्मी, आम नागरिक, जेल कर्मचारी, कैदीमध्ये कति घाइते भएका हुन भन्ने बारेमा भने उनले जानकारी दिएनन् । 

घटनाका बारेमा अतिवादी इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । यस क्षेत्रमा आइएसका लडाकूहरुले लामो समयदेखि हिंसात्मक गतिविधिहरु गर्दै आएका छन् । 

गत शुक्रबारदेखि मुस्लीम धर्माबलम्बीहरुको महान पर्व ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धविराम लागू गरिएको थियो । त्यसैगरी अफगान राष्ट्रपति असरफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धविराम हुने बताएका थिए ।

शान्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा भइरहेका बेलामा कारागारमा आक्रमण भएर ठूलो मानवीय क्षति भएपछि अफगानिस्तानको शान्ति प्रक्रिया बारे फेरि चिन्ता बढेको छ ।  सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

  • १३ असोज, २०७७

अमेरिका ।  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।  यो वर्ष क्यालिफोर्नियामा

चीनको अर्थतन्त्र २०२० मा २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

  • १३ असोज, २०७७

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको

भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दो क्रममा

  • १३ असोज, २०७७

काठमाडौं ।  भारतमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७७७ जनाको मृत्यु भएको छ। अघिल्ला