सुशान्तको खाताबाट ५० करोड निकालिएको खुलासा : मुम्बई प्रहरीले स्पष्ट अनुसन्धान नगरेको आरोप

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्या प्रकरणमा नयाँ घटनाहरु सृजना भएका छन् । सुशान्तले आत्महत्या गरेको दुई महिना पुग्न लागेको छ ।  यस क्रममा अझै पनि सुशान्तको आत्महत्या प्रकरणमा छानविन गर्न बुद्धिजीवि  वर्ग  तथा कलाकारले नै सीबिआइसँग माग गरिहेका छन् । 

यता सुशान्तका पिताले आफ्ना छोराको खाताबाट १५ करोड रूपैयाँ सुशान्तसँग सरोकार नभएका खातामा पठाइएको भन्दै बिहार प्रहरीमा उजुरी गरेपछि रिया र उनका परिवारका सदस्य बिहार प्रहरीको प्रमुख शंकाको पात्र बनेका छन् । 
 रियालाई पक्राउ गर्न बिहार प्रहरी मुम्बई गएपछि दुबै राज्यका प्रहरीबीच पनि तनाब सृजना भएको छ । 

टाइम्स अफ इण्डियाले सोमबार बिहार प्रहरीका प्रमुख गुप्तेश्वर पाण्डेले सुशान्तको आत्महत्या प्रकरणमा पैसाको पाटोमा अनुसन्धान नगरेको भन्दै मुम्बई प्रहरीमाथि प्रश्न उठाएका छन् । उनले मुम्बई प्रहरीले अनुसन्धानमा हेलचेक्र्याई गरेको आरोप लगाएका छन् । 

’बितेका चार वर्षमा सुशान्त सिंहको बैंक एकाउन्टमा ५० करोड रूपैयाँ जम्मा भएको थियो र अचानक ती सबै सबै रकम खाताबाट निकालिएको छ । एक वर्षमा खातामा १७ करोड जम्मा भएकोमा १५ करोड निकालिएको छ’ बिहार प्रहरीका प्रमुख पाण्डेले भने, ’के यो अनुसन्धानका लागि महत्वपूर्ण बुँदा होइन? हामी चुप लाग्नेवाला छैनौं ।  हामी उनीहरूलार्इ (मुम्बई प्रहरी) किन यस्ता महत्वपूर्ण कुरालाई दबाउने काम भयो भनेर प्रश्न गर्नेछौं । ’

आइतबार उनले आफ्ना मताहतका एसपी विनय तिवारीलाई मुम्बई महानगर प्रशासनले जबरदस्ती क्वारेन्टिन राखेको विषयमा आपत्ति प्रकट गरेका थिए।

सुशान्तले जुन १४ मा आफै निवासमा पासो लगाएर आत्महत्या गरेका थिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर