• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

तस्विर : समाचारदैनिक

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ ।

त्यस्तै महाशाखाले अन्य दुई  कार्यालयमा काम गर्ने कर्मचारीको  कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ ।  महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब सङ्कलन गरिएको छ । 

बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर