• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दुई भयानक विस्फोटले हल्लियो लेबनानको राजधानी बेरुत, क्षतिको विवरण आउन बाँकी

एजेन्सी । लेबनानको राजधानी बेरुतमा मंलबार दुई भयानक विस्फोट भएका छन् । विस्फोटमा परी केयौँ मानिस घाइते भएको हुनसक्ने र कतिपयको मृत्यु भएको हुनसक्ने त्यहाँको अधिकारीहरले जनाएका छन् । 

प्रारम्भिक रिपोर्टहरुका अुनसार, एकपछि अर्को गर्दै भएका दुई विस्फोट सहरको बन्दरगाह क्षेत्रमा भएको छ । विस्फोटको कारण अहिलेसम्म खुलाइएको छैन । 

बिबीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेको भिडियो फुटेजमा बाक्लो धुवाको मुस्लो सहरको विभिन्न स्थानबाट निक्लिरहेको देखिन्छ भने, उद्धार कार्यमा हेलिकप्टर, एम्बुलेन्स, अग्निनियन्त्रकहरु खटिरहेका छन् । 

सामाजिक सञ्जालहरुमा पोस्ट भएका भिडियोहरुमा विस्फोट भए लगत्तै आकाश छुनेगरी बाक्लो धुँवाको मुस्लो निक्लिएको छ भने केही भवनहरु भत्किएका छन् । 

प्रारम्भिक रिपोर्टले अहिलेसम्म १० जनाको मृत्यु भएको देखाएको छ भने कैयौँ घाइते हुनसक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विस्फोट निक्कै भयानक र शक्तिशाली भएका कारण करिब शहरका हरेक भवनका काँचहरु फुटेका छन् । 

यो विस्फोट सन् २००५ मा पूर्वप्रधानमन्त्री राफिक हारीरीको हत्यामा मुद्दाको फैसला हुनकेही दिनअघि संवेदनशील समयमा भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर