• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट सुरु, पहिलो दिन परिचय

तस्विर : समाचारदैनिक

काठमाडौं । पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।

ललितपुरको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको सभाहलमा बसेको बैठकको पहिलो दिन परिचयात्मक कार्यक्रम भएको थियो ।  उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी छन् । बैठक अन्तर्गत बिहीबारबाट पार्टीको वैचारिक, राजनीतिक, सांगठानिक, साँस्कृतिक कार्यदिशाका बारेमा छलफल हुने पार्टीका नेता मनिष सुमनले जानकारी दिए ।  त्यस्तै उनले बैठकले पार्टीको ठोस रणनीति तथा कार्यक्रम निर्धारण गर्ने पनि बताए ।

सुमनले कोरोना नियन्त्रणका लागि प्रत्येकघरका व्यक्तिहरुको पिसिआर परिक्षण गर्नुपर्ने पार्टीको धारणा राखेको उल्लेख गरे । तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो । उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव हुनुहुन्छ । बैठक केहि दिन चल्ने समाजवादीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर