• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अध्यक्ष प्रचण्डकाे काेराेना परिक्षण रिपाेर्ट नेगेटिभ

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिइन् । 

प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको छ । 

‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड–१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। उक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछ’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर