सुशान्तको प्रेमिका रिया चक्रवत्ती बिरुद्ध सीबीआईद्वारा चोरी र धम्कीको आरोपमा एफआईआर दर्ता

मुम्बई । सुशान्तसिंह राजपुत आत्महत्या मुद्दामा सीबीआईले रिया चक्रवत्ती र उनको अन्य ५ जना परिवार बिरुद्ध एफ आईआर दर्ता गराएको छ । जसमा रियाको परिवारका भाई सोभिक,आमा सन्ध्या,बुबा इन्द्रतीत र श्रुति मोदीको नाम रहेको छ । 

यी सबैको बिरुद्ध सुशान्तलाई आत्महत्या गर्न उकासेको,आपराधिक षडयन्त्र रचेको,चोरी धम्की दिएको समेत आरोप लागेको छ ।

सुशान्तको आत्महत्या मुद्दामा सीबीआई अनुसनधान गर्नको लागि  बिहार सरकारले अनुमति दिएको छ । यही मुद्दामा अनुसन्धान गर्नको लागि बिहार गएको मुम्बई प्रहरी टिम बिहिबार फर्केको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर