हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक जनाको मृत्यु भएको छ ।शुक्रबार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको आशंका गरिएको छ ।

हात्तीको आक्रमणमा परेका रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो । हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर