दश हजारको लागि अभिनेत्री अनुपमा पाठकले गरिन् आत्महत्या

मुम्बई । भोजपुरी अभिनेत्री अनुपमा पाठकले दहिसर स्थित आफ्नो घरमा आत्महत्या गरेकी छन् । ४० वर्षीय अभिनेत्रीले अगस्ट २ मा आत्महत्या गरेकी हुन् । आफ्नो मृत्युको एक दिन अगाडी उनी फेसबुक लाइभ आएकी थिइन् । उनले लाईभमा आफूलाइै धोका भएको र आजबाट कसैलाई विश्ववास नगर्ने बताएकी थिइन् । 

उनले लाइमा भनेकी थिइन् –कसैलाई हामाीले आफ्नो सम्झेर विश्वास गछौँ तर उनीहरुले नै हामीलाई विश्वासघात गर्छन । कसैलाई पनि हामीले आफ्नो समस्या भन्नु भनेको आफ्नो स्थानबाट तल झर्नु हो । ’

भारतीय  मिडियाले बताए अनुसार घटना स्थलमा एक सुसाइड नोट पाइएको थियो  जसमा अभिनेत्रीले  मलाडको विजडम निर्माण कम्पनीमा १० हजार खर्च गरेकी थिइन् । उनले त्यो पैसा सन् २०१९ डिसेम्बरमा फिर्ता आउनु थियो तर त्यो पैसा अझै फिर्ता आएको थिएन् । जसको कारण उनले आत्महत्या गरिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर