बाणिज्य बैंकको शेयर निराशाजनक अबस्थामा, सस्तो मै किन्न सकिन्छ बै‌कको शेयर

काठमाडौै । सेयर बजारमा ८० प्रतिशत हिस्सा ओगटेका बाणिज्य बै‌कको शेयर निराशाजनक अबस्थामा पुगेका छन् । अहिले बजारमा ति बै‌कको शेयर २ सय मूल्य भन्दा कममा किन्न सकिने अबस्थामा पुगेको छ । जबकी साधरण शेयरको प्रति कित्ता मूल्य १ सय रुपैयाँमा किन्न पाईन्छ । 

पुँजी बजारमा धेरै योगदान भएपनि वाणिज्य बैंकहरुको सेयर मूल्य भने निकै निराशाजनक अवस्थामा छ । बजार बढेको समयमा त राम्रो सेयर मूल्य नभएका बैंकहरुको घटेको समयमा नै ज्यादै न्यून सेयर मूल्य छ । 

यतिबेला बैंकिङ क्षेत्रको संस्तो मूल्यमा सेयर उठाउन चाहने लगानीकर्ताका लागि १७ वटा बैंक छन् । त्यसमा पनि ६ वटा त ज्यादै न्यून मूल्यका छन् । जसमा सिभिल, सेञ्चुरी, सिटिजन्स, कुमारी, नेपाल बंगलादेश, एनसीसी बैंक छन् । 

३ सय रूपैयाँभन्दा कम तर त्यसमा पनि न्यून मूल्य रहेका कम्पनीमा मेगा २१७, बैंक अफ काठमाण्डू २२२, माछापुच्छ्रे बैंक २२८, प्रभु २३२, सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २३३ रुपैयाँ छ । ३ सय रूपैयाँको हाराहारीमा सेयर मूल्य रहेको बैंकमा सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर