आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ ।  शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो ।

बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर