• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै

कोरोनाका कारण लामो समय रोकिएको च्याम्पियन्स लिग फुटबलका बाँकी खेलहरु आजबाट सुरु हुने भएका छन् ।  लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज दुई ठुला क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो लेगमा सिटीले रियललाई उसैको मैदानमा हराएको थियो । पहिलो लेगको जितको कारण सिटीलाई क्वाटरफाइनलमा पुग्न बराबरीले पुग्नेछ । लकडाउन अघि बार्सिलोना भन्दा पछि रहेको रियलले उत्कृष्ट पुनरागमन गर्दै लिगको उपाधि जितेको थियो । त्यसैले सिटीविरुद्ध समेत रियल उत्कृष्ट पुनरागमन गर्ने योजनामा हुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर