• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

श्रीलंकामा राजापाक्षे दाजुभाईलाई दुई तिहाईका जीत 

एजेन्सी । श्रीलंकामा सत्तामा रहेका शक्तिशाली राजापाक्षे दाजुभाईले संसदीय चुनावमा दुई तिहाईको जीत हासिल गरेका छन् । 

आज प्राप्त मतपरिणाम अनुसार राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका दाजु तथा प्रधानमन्त्री महीन्द्रा राजापाक्षेको दल श्रीलंका पोडुजना पार्टी(एसएलपीपी)ले १४५ सिटमा जीत हासिल गरेको र २२५ सदस्यीय संसदमा कम्तिमा ५ सहयोगी दलको समर्थन पनि गणाना गरिनेछ । 

त्यस्तै श्रीलंकाको प्रमुख प्रतिपक्षी रनिल विक्रमासिंघेको दलले नराम्रो हार व्यहोरेको छ । उसले जम्मा ५४ सिटमा जीत हासिल गरेकोक छ । 

श्रीलंकामा राजापाक्षे परिवारले दुई दशक श्रीलंकाको राजनीतिमा प्रभाव जमाउँदै अएको छ । सन् २००५ देखि २०१५ सम्म महीन्द्र राजापाक्षे राष्ट्रपति बनेका थिए ।

उनी स्वयंले चुनाव हारेका छन् र १०६ सिटमा चुनाव लडेकोमा एकमात्र सिट जितेको छ । अब श्रीलंकामा पूर्व राष्ट्रपति रनसिंघे प्रेमदासाका छोराको दल प्रमुख प्रतिपक्षी दल बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर