अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसकेपछि सुत्केरीको मृत्यु, परिवारले शव उठाएनन्

जनकपुरधाम । महोत्तरीका राजकिशोर महतो श्रीमती सुत्केरी हुने समय आएसँगै निकै खुसी थिए । पहिलो सन्तानको प्रतिक्षामा रहेका महतो दम्पतिको यो खुसी धेरै लामो समय टिक्न सकेन् । 

उनी सन्तानको रुपमा छोरी त पाए तर श्रीमती रहेनन् । अस्पताल र रेडक्रसको लापरवाहीले उनको २२ वर्षिया श्रीमती गंगादेवी महतोले ज्यान गुमाउनु परेको छ ।

जनकपुरधास्थित रामजानकी हस्पिटलमा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान अस्पताल र रेडक्रसको लापरवाहीले गएको हो । न अस्पताल न रेडक्रसले ब्लड ग्रुप चिन्न सक्दा उनलाई मृत्यु वरण गर्नु परेको हो । 

‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रबार बिहान साढे ९ बजे गंगादेवीको मृत्यु भएको हो ।

अस्पताल र रेडक्रसको लापरवाहीले सुत्केरी महिलाको मृत्यु भएपछि परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव भने अहिले पनि रामजानकी हस्पिटलको आइसीयुमा राखिएको छ । 

परिवारजनले शव उठाउन नमानेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुलाई सोधपुछका लागि बोलाएको हो । 

..................
अस्पताल वा रेडक्रसको लापरवाही

गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोर श्रीमतीलाई लिएर महोत्तरीको बर्दिवास्थित स्वस्तिक अस्पतालमा चेकजाँच गराउनका लागि पुगे । त्यहाँ अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमा कमजोर रहेकोले अपरेशन नै गर्नु पर्ने सुझाए ।

चिकित्सकको सल्लाह अनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकको देवर रामहरि महतोले बताए । आफूहरु बिहिबार अपरान्ह ४ बजे अस्पतालमा भाउजुलाई भर्ना गराई सकेको उनले बताए । यहाँ पनि गाइनोकलोजिष्ट चिकित्सक शैलेन्द्र साहले अपरेशन मार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोही अनुरुप अपरेशनको प्रकृया अगाडी बढाइएको रामहरिले बताए । शल्यकृयापछि गंगादेवीले छोरी जन्माएकी थिइन् । 

यसअघि नै गंगादेवीलाई रगतको खाँचो पर्ने भन्दै १ पिन्ट रगतको व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि लागि सकेका थिए । चिकित्सकहरुले गंगादेवीको रगगतको सैम्पल सहित रगत ल्याउन भनेका थिए । रेडक्रसले गंगगादेवीको ब्लड ग्रुप बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि ब्लड ग्रुप सोही रहेकोले उनले श्रीमतीका लागि एक पोका रगत दिए । 

रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको अस्पतालको प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए । पछि अस्पतालकै लैबमा रगतको जाँच हुँदा ओ पोजेटिभि ठहरिएको थियो । पछि रगत लिन जाँदा रेडक्रसले पनि ओ पोजिटिभ रगत नै दिएको गुप्ताले बताए । उनले भने, ‘बी पोजिटिभ ब्लड ग्रुप ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरी कसरी ‘ओ’ पोजेटिभ ठहर गर्यो हामीलाई थाहा छैन, हामीले ल्याबमा जाँच गरेपछि मात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौँ, यो हाम्रो लापरवाही होइन रेडक्रसको लापरवाही हो ।’

गंगादेवीको अर्को ब्लड ग्रुपकै रगत चढाइएको कारण मृत्यु भएपछि परिवारजन आक्रोशित छन् । मृतकका ससुरा अजवलाल महतो आक्रोशित हुँदै भने ‘यिनीहरु डाक्टर हुन् कि ज्यान लिने डाकु ।’ उनीहरुलाई कारबाही नभएसम्म हामी चुप्प बस्दैनौँ अजबलालले बताए । 

यता श्रीमान राजकिशोर एकदमै शोकाकुल छन् । उनी आफ्नो आँशु थाम्न नसक्दै भने ‘मेरो सन्तान त स्वस्थ छ तर यी ज्यानमारा डाक्टरहरुका कारण मेरो श्रीमती अब यस संसारमा रहिनन् ।’

रेडक्रस धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भई रहेको र कहाँ गलती भएको हो भन्ने विषयमा पत्ता लगाई रहेको जानकारी दिएका छन् । 

....................
जनकपुरधामको प्योथोलोजी रिपोर्ट कती भरपर्दो ?

जनकपुरधामको प्याथोलोजी रिपोेर्टमाथी पटक पटक प्रश्न चिन्ह खडा हुँदै आई रहेको छ । प्यथोेलोेजि रिपोर्ट उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ चिकित्सकहरु बताउँछन् । प्याथोलोजी रिपोर्ट गलत हुँदा उपचार पनि सही हुुन नसक्ने चिकित्सकहरुको भनाई छ । 

यता गंगादेवी महतोको केसमा समेत प्याथोलोजी रिपोर्टको विश्वसनियतामाथी प्रश्न उठेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अगाडी ब्लड ग्रुप जाँच गराउँदा बी पोजिटिभ ब्लड ग्रुप रहेको भनिएको छ । तर अहिले आएर सोही महिलाको ब्लड ग्रुप जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ । 

यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसंग प्रश्न गर्दा उनले केही जवाफ दिन सकेनन् बरु रेडक्रसले नै गल्ती गरेको हुन सक्ने बताए । 

उनले आफ्नो ल्याब रिपोर्टमा गल्ती रहेको स्वीकार भने गरेनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर