• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गुगलले बन्द गर्‍यो २५ सय चिनियाँ युट्युब च्यानल

एजेन्सी । विश्वमै लोकप्रिय सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानललाई हटाएको जनाएको छ । 

दुस्प्रचार गरेको आरोपमा २५ सय वटा चिनियाँ भिडियो च्यानल अप्रिलदेखि जुनसम्ममा हटाइएको कम्पनीले जनाएको छ ।

यस्ता च्यानलहरुले गैर राजनीतिक विषयवस्तु प्रशारण गरे पनि यसले अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गरेको आरोप लगाइएको छ ।

विस्तृत विवरण नदिइए पनि अप्रिलमा एउटा दुष्प्रचार अभियानको सामाजिक सञ्जालमा पहिचान र मूल्यांकन गर्ने काम ग्राफिका कम्पनीले गरेको थियो ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यही बेला अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनिरहेको समयमा चिनियाँ लगानीका प्रविधियुक्त व्यवसायहरु निशानामा पर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर