• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

'विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन असम्भव'–मन्त्री पोखरेल

तस्विर : समाचारदैनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल  विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् ।  सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउनुको बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको बताए । 

उनले भने,  'यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिइरहेको छ, उचित बिकल्पमा सरकार अघि बढ्छ । '

मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि आग्रह गरे । उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गर्दै त्यसका लागि सरकारले समन्वय गर्ने बताए । वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 

 बैठकमा समिति सदस्यहरुले पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको भन्दै यसको बैकल्पीक व्यवस्थाबारे प्रश्न गरेका थिए । बैठकमा सांसद खगराज अधिकारीले बैकल्पीक रुपमा शिक्षाप्रणालीलाई अघि बढाउन स्थानीय तहसंग केन्द्र सरकारले समन्वय गर्नुपर्ने धारणा राखे । उनले बिद्यार्थी कम भएका बिद्यालयलाई मर्जरमा जानुपर्ने सुझाव दिए ।  

त्यस्तै सांसद जीवनराम श्रेष्ठले नेपालको भौगोलिक अवस्थालाइ हेरेर बिभिन्न बिकल्पमा शैक्षिक सत्र सुरु गर्ने बिकल्पमा जान सरकारलाई सुझाव दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर