• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विराटनगरमा कोरोनाका कारण थप एकजनाको मृत्यु

विराटनगर । विराटनगरमा एक जना सङक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा।चुमनलाल दासले बताए । 

विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले आज पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताए । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर