• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जुगल र बलेफीको बाढी प्रभावित क्षेत्रमा पुगे सिन्धुपाल्चोकका युवा नेता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल र गाउँपालिकामा बिहिबार मध्यान्हदेखि परेको वर्षाका कारण भएको क्षतिको अनुगमन तथा निरीक्षण भएको छ । बागमती प्रदेशका अर्थ विकास समिति सदस्य तथा प्रदेशसभा सदस्य सरेश नेपाल, नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ लगायतले शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेका हुन् ।

उनीहरुको साथमा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, समाजसेवी तेज बहादुर थापा लगायतको उपस्थिति थियो । ०३९ सालयता परेको ठूलो वर्षाका कारण बलेफी र जुगल गाउँपालिकाका स्थानीयहरु त्रसित भएका थिए । 

अविरल वर्षाका कारण ब्रमायणी नदी र सोहीसँगै भएर बग्ने ठाडा खोल्साहरु अस्वभाविक रुपमा बढेपछि स्थानीय त्रसित भएका छन् । योसँगै जुगल र बलेफी गाउँपालिकाको एतिहासिक बजार जलविरेको वासिन्दाहरुको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

जलबिरे फेदी अवस्थित बजारको पुर्वी भुभागमा पहिरो गएको छ भने मानवीय क्षती भने भएको छैन् ।

यसैबीच शुक्रबार घटनास्थल पुगेका नेताहरुले क्षति न्यूनीकरणमा का लागि आआफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सिन्धुपाल्चोकमा परेका हरेक प्राकृतिक विपत्तिमा साथ दिइरहेका युवा नेतृत्व पुगेपछि स्थानीयहरुको मुहारमा खुसी छाएको थियो ।

बलेफी गाउँपालिकाका १ र २ नम्बर वडा लगायतका विभिन्न क्षेत्रमा निरीक्षण गरिएको थियो ।

जुुगल गाउँपालिका वडा नं ५ बराम्ची, ढाँडे, बलेफी गाउँपालिका वडा नं १ जलविरे, वडा नं २ कल्लेरी गाउँ र कल्लेरी बेसी, वडा न ३ धुस्कोट, चिलाउने, बलेफी ४ डाँडागाउँ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ बतासे, लगायतका क्षेत्रमा दिउँसो देखिको भीषण बर्षा जारी रहँदा स्थानिय ठाडो खोलामा आएको बाढीले गाउँ बस्तिमा त्रास उत्पन्न गराएको हो ।

उता, बलेफी गाउँपालिकाको सिमाना ढाँडेखोला, जलविरेको बोक्से खोला, झोलंगेको कामीटार खोला, कल्लेरी बसीको ढाँडेखोला, नौविसेको लप्सेखोलामा २०५९ साल यताकै ठूलो बाढी आएको स्थानिय बताए । स्थानिय राजेन्द्र भण्डारीले कामीटार खोलाको बाढीले सडक बगाएको र त्रास उत्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर