• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न कांग्रेसको माग

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 
 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरी जीवनरक्षा गर्न अपिल गरेका हुन् ।  साथै उनले कोरोनाविरुद्धको सङ्घर्षमा बढेको चुनौती सामना गर्ने ढङ्गले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग मागसमेत गरेका छन् । 

कोरोनाविरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न काँग्रेसले शुरुआतदेखि नै विभिन्न सुझाव र मागअघि सार्दै आएको उल्लेख गर्दै उनले  पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइलगायतका माग पुनःदोहो¥यााएका छन् । 

शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर