• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाको रोकथाम बारे उच्चस्तरीय समितिद्वारा राष्ट्रपति भण्डारीसमक्ष 'ब्रिफिङ'

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । शीतलनिवासमा शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । 

सो क्रममा उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताइन् । 

राष्ट्रपति भण्डारीले कोरोना कथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर