• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 10:28 pm

१९१ यात्रु बोकेको एयर इन्डियाको विमान केरालामा दुर्घटनाग्रस्त 

तस्विर श्रोतः दार्जिलिङ क्रोनिकल्सको फेसबुक पेजबाट

एजेन्सी । चालक दलसहित १९१ जना यात्रु सवार एयर इन्डिया एक्प्रेसको एक विमान केरालाको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 

दुबईदेखि आइरहेको उक्त विमान कोझिकोड  विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेभन्दा अगाडी पुगेर दुर्घटनाग्रस्त भएको बिबीसीले जनाएको छ । यद्यपि, विमानमा आगलागी भने नभएको जनाइएको छ । 

कुल सवार यात्रुमध्ये १० जना बालबालिका र ७ जना चालक दलका सदस्य रहेको बताइएको छ । 

एयर इन्डिया एक्सप्रेसले ट्विट गर्दै दुर्घटनाप्रति दुख व्यक्त गरेको छ र यससँग जोडिएको जानकारी साझा गर्ने आश्वासन दिएको छ । 

यात्रुहरुको उद्धार कार्य भइरहेको बताइएको छ । क्षतिबारे पूर्ण जानकारी आइसकेको छैन । सामाजिक सञ्जालमा पोस्ट भएका तस्विरहरुमा विमान दुई टुक्रा भएको देखिन्छ । 

केराला क्षेत्रमा भारी वर्षका बीच विमान स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजे दुर्घटना भएको जनाइएको छ । दुर्घटनाबारे थप जानकारी आउँन बाँकी ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

  • १३ असोज, २०७७

अमेरिका ।  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।  यो वर्ष क्यालिफोर्नियामा

चीनको अर्थतन्त्र २०२० मा २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

  • १३ असोज, २०७७

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको

भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या घट्दो क्रममा

  • १३ असोज, २०७७

काठमाडौं ।  भारतमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७७७ जनाको मृत्यु भएको छ। अघिल्ला