१९१ यात्रु बोकेको एयर इन्डियाको विमान केरालामा दुर्घटनाग्रस्त
एजेन्सी । चालक दलसहित १९१ जना यात्रु सवार एयर इन्डिया एक्प्रेसको एक विमान केरालाको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
दुबईदेखि आइरहेको उक्त विमान कोझिकोड विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेभन्दा अगाडी पुगेर दुर्घटनाग्रस्त भएको बिबीसीले जनाएको छ । यद्यपि, विमानमा आगलागी भने नभएको जनाइएको छ ।
कुल सवार यात्रुमध्ये १० जना बालबालिका र ७ जना चालक दलका सदस्य रहेको बताइएको छ ।
एयर इन्डिया एक्सप्रेसले ट्विट गर्दै दुर्घटनाप्रति दुख व्यक्त गरेको छ र यससँग जोडिएको जानकारी साझा गर्ने आश्वासन दिएको छ ।
यात्रुहरुको उद्धार कार्य भइरहेको बताइएको छ । क्षतिबारे पूर्ण जानकारी आइसकेको छैन । सामाजिक सञ्जालमा पोस्ट भएका तस्विरहरुमा विमान दुई टुक्रा भएको देखिन्छ ।
केराला क्षेत्रमा भारी वर्षका बीच विमान स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजे दुर्घटना भएको जनाइएको छ । दुर्घटनाबारे थप जानकारी आउँन बाँकी ।
प्रतिकृया दिनुहोस