• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पुँजीवादले फुटबललाई कसरी परिवर्तन गर्यो ?

इंग्ल्याण्डभरीमा विश्वकै सफल फुटबल व्यावसाय समृद्ध हुन्छन् । तर बुरीदेखि बोल्टन र वेगनसम्म लामो समयदेखि स्थापित सामुदायिक क्लबहरु विस्तारै–विस्तारै छायाँमा पर्न थालेका छन् । ठूला पुँजीपतिहरु यस खेललाई परिवर्तन गरिरहेका छन्, जसलाई हामी मरिहत्ते मन पराउँछौँ ।

सात वर्षअघि इंग्ल्याण्डको उत्तर–पश्चिमी क्षेत्रका दुई टिम फुटबलको महान् ‘डेभिड–एण्ड–गोलिथ स्टोरी’मध्ये एकलाई खेल्नका लागि वेम्ब्ले स्टेडियममा उत्रिए । एफए कप फाइनलको अन्तिम क्षणमा बेन वाट्सनको ‘बुलेट हेडिङ’ले धनाढ्य मेनचेस्टर सिटीविरुद्ध साहसी विगन एथलेटिक्सका लागि खेल जित्यो, मेनचेस्टर सिटीका दुई स्ट्राइकरको मूल्य विगन एथलेटिक्सको पुरै टिमको मूल्यको चार गुणाभन्दा बढी छ । यो एक यस्तो क्षण थियो जसले अझै पनि फुटबलले अस्वभाविक परी कथालाई फ्याँक्न सक्छ । यद्यपि, तीन वर्षपछि विगनलाई प्रिमियर लिगबाट हटाइयो र त्यसयता उनीहरु फर्किएका छैनन् । 

गत महिना उनीहरुको फर्कन नसक्ने सम्भावना पहिलेको भन्दा बढी भयोः क्बलले आफूहरु वित्तीय संकटमा प्रवेश गरिसकेको घोषणा गरे । कोभिड–१९ संकटका दौरान यस्तो गर्ने इंग्ल्याण्डको पहिलो व्यावसायिक क्लब बन्यो । यसै वर्षको सुरुवातसँगै टाट पल्टिने अवस्थातर्फ अग्रसर भइरहँदा क्लबले पुरै ९.२ मिलियन डलर शुद्ध नोक्सानी भएको सूचना जारी गर्यो । यही दिन हो वेगनले आफ्नो टाट पल्टिएको सार्वजनिक गर्यो भने म्यानचेस्टर सिटीले ४५ मिलियन पाउन्डमा एक अनावश्यक मिडफिल्टरको बिक्रीको घोषणा गर्यो । 

खेलको भाषामा इंग्ल्याण्डको उत्तर–पश्चिमी क्षेत्रलाई एक ‘फुटबलिङ हब्ड’ भनिन्छ, जहाँ करिब २५ वटा व्यावसायिक क्लबहरुको घर हो । जसमा ग्रेटर म्यानचेस्टर एक्लै ७ वटा क्लबका लागि जिम्मेवार छ । अन्य देशहरुले एकमुस्ट जति जितेका छन् । त्यति नै संख्यामा यस क्षेत्रले लिग जितेको छ । सन् १८८८ मा भएको पहिलो फुटबल लिगमा लन्कासायरका ६ वटा टिम सहभागी थिए । लन्कासायरिन मिलर्सका एक गिरोहलाई पनि सन् १८८० को दशकमा डाइनामो मस्को स्थापित गर्ने समय मिलेको थियो । 

यद्यपि, आज यस क्षेत्रमा भएका र नभएकाको एक अध्ययनको रुपमा लिइन्छ, जसलाई ब्रिटिश फुटबलका लागि नभएर एक सुक्ष्म जगतको रुपमा हेर्न सकिन्छ, तर वृहत्मा ब्रिटेनको भनेर बुझ्न सकिन्छ । यो एक धमिलो यथास्थिति हो जसका जराहरु खुशीयाली समृद्ध नब्बेको दशकमा थिए । जतिबेला निर्भिक आधुनिकीकरणको नाममा देशले आफैंलाई विश्व स्वतन्त्र बजारको शक्तिहरुमा सुम्पिएको थियो ।

.......

धनको विभाजनः
यस क्षेत्रमा वेगनको पतन थुप्रै क्लबहरुको थुप्रै गम्भीर र अचानक भाग्यको गिरावटमध्येको सबैभन्दा नविनतम उदाहरण हो । पछिल्लो सिजन, हालैको प्रिमियर लिगको मुख्य आधारसम्म र युरोपमा प्रतिस्पर्धा भइरहेको समयमा, वित्तीय संकटको आधा दशकपछि बोल्टन वान्डरर्सलाई लिग टुबाट निकालिएको थियो । सन् १९९५ मा प्रिमियर लिग जितेका ब्ल्याकबर्न रोभर्स क्लबले पछिल्लो दशकमा पानीमा एक पत्थर जसरी डुब्यो, एक विन्दुमा त तेश्रो स्तरसम्म झर्यो ।

सन् १९९२ मा प्रिमियर लिगको संस्थापक सदस्य ‘ओल्डम एथलेटिक’ले गत वर्ष आर्थिक संकटलाई टारे, तर अहिले उनीहरु तेश्रो श्रेणीमा छन् जो समाप्त हुनका लागि नराम्ररी संघर्ष गरिरहेको छ । अर्कापट्टि ९० को दशकमा स्टकपोर्ट काउन्टीले उच्च उडान भरेको थियो । जो वित्तीय संकटमा पुग्नअघि, सन् २००९ मा ‘एडमिनिस्ट्रसन’(फुटबलको भाषामा टाट पल्टिएको अवस्था)मा जानअघि र तल्लो लिगमा झर्नुअघि लिग कपको सेमिफाइनलमा पुग्यो ।

सन् २०१०–११को एक प्रिमियर लिग सिजनसम्म ब्ल्याकपुलको उदय भएको थिएन । सन् २०१६ सम्म, यस क्लबले लिग टुलाई टक्कर दिएको थियो, यद्यपि उनीहरुले हालै लिग वानमा पदोन्नति हासिल गरे । ब्ल्याकपुललाई सन् २०१९ मा उच्च अदालतद्वारा ‘रिसिभरसिप’मा राखिएको थियो, जो अझै पनि आफ्नो वित्तीय भविष्यप्रति अनिश्चत छ । 

गत वर्ष आर्थिक गिरावटबाट गुज्रिएको म्याकक्लासफिल्ड टाउन एक अर्को फुटबल क्लब हो । यद्यपि, उसले आफ्ना खेलाडीहरुलाई ढोकाभित्रै राखेको छ, तर थुप्रै अवसरहरुमा उनका खेलाडीहरु वेतलब भएका छन् र हराएर जाने सम्भावना बढेको छ । यही महिनाको अन्त्यसम्ममा उनीहरु एक व्यावसायिक योजनाका साथ फुटबल लिगमा प्रस्तुत हुँदैछन् । 

सबैभन्दा नराम्रो अवस्थाका यी सब मामिला बुरी फुटबल क्लबका हुन् । बुरी १३४ वर्ष पुरानो क्लब हो र यसले दुई पटक एफए कप जितिसकेको छ । जो अब टाट पल्टिएको छ र गत समरमा फुटबल लिगबाट निष्कासित गरिएको थियो । यद्यपि, बुरी फुटबल क्लब प्राविधिक रुपले अहिले पनि अस्तित्वमा छ, तर यो खाली कानुनी एकाईमा र सायद लामो समयसम्म रहँदैन । 

फुटबलको सबैभन्दा दरिद्र क्लबहरुमध्ये केहीको घर हरेको उत्तर–पश्चिमी क्षेत्रलाई हालको दशकको बेलायती उत्तरऔधोगिक संघर्षहरुलाई हेर्दै सायदै कुनै आश्चार्य लाग्दैन । यसका साथै यस क्षेत्रमा तपस्या युगको प्रतिकूल प्रभाव परेको छ । फेरि पनि यी छिमेकी क्लबहरुको गरिबीलाई केही तथ्यहरुद्वारा राहत दिन्छ । जस्तो कि यो क्षेत्र तीन सदाशयी फुटबल सुपरपावरको पनि घर हो । यो देशका लागि मात्रै होइन, विश्वका लागि हो ।

बुरीको डिफंक्ट गिग लेन मैदानदेखि २० मिनेटको ड्रइभ पर रहेको पूर्वी म्यानचेस्टरमा, जहाँ म्यानचेस्टर सिटीको शानदार एतिहद स्टेडियम छ । यो सन् २००८ मा क्लब खरिद गरेपछि आबुधाबीका उच्च वर्गद्वारा निर्मित एक विशाल परिसरको एक हिस्सा हो । 

यदि तपाईं पुरै शहरमा म्यानचेस्टर युनाइटेड संकटमा थियो भन्ने सोच्नुहुन्छ भने यसका लागि तपाईंलाई क्षमा गर्न सकिन्छ । वास्तवमा यो आंशिक रुपले सत्य पनि छ । ७ वर्षअघि एलेक्स फर्गुसन गएपछि टिमको अवस्था खराब भएको थियो । क्लबको व्यावसायिक सञ्चालन अहिले केही सफल भएको छ । युनाइटेडको राजस्व पछिल्लो एक दशकमा दुई गुणा भएको छ । र, जब डेलोइटीले जनवरीमा आफ्नो नविनतम फुटबल धनाढ्यको सूचि जारी गर्यो उक्त सूचिमा युनाइटेडलाई पृथ्वीकै तेश्रो धनी क्लबको रुपमा स्थान दिइएको छ, जसको अघि बार्सिलोना र रियल म्याड्रिड छन् । 

वास्तवमा म्यानचेस्टर युनाइटेड यति सफल छ कि यसको फुटबल भाग्यले करिब पूर्णरुपले आफ्नो वित्तीय व्यक्तिहरुसँग सम्बन्ध विच्छेद् गरिसकेको छ । ‘खेलको प्रदर्शनले वाणिज्य क्षेत्रमा हामी के गरिरहेका छौं भन्ने कुरामा वास्तवमा एक सार्थक प्रभाव छोड्दैन’, मुख्य कार्यकारी एड उडवार्ड भन्छन् । 

त्यसपछि एम६२ मोटरबाटोदेखि ठीक तल विश्वको धनाढ्य क्लबहरुको सातौं स्थानमा रहेको तथा हालको अंग्रेजी, युरोपेली तथा विश्व च्याम्पियन लिभरपूल छ र त्यसको ठिक अघिल्लो स्थानमा म्यानचेस्टर सिटी छ । लिभरपूलको सफलतालाई प्रायः रोमान्स र नियतिको सन्दर्भमा व्याख्या गरिन्छ । तर उनीहरु एक व्यावसायिक भयानक जीव पनि हुन्, जसलाई विश्वभरमा फ्यानबेस(फुटबलका फ्यान)लाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने बारे पाठहरु आवश्यक पर्दैन । 

पहिलो दृष्टिमा धनी र गरिबको यस तुलनालाई खासै ख्याल गरिएको देखिंदैन । देशभर ९२ वटा फुटबल लिग क्लब छन्ः औसतको सरल कानुनका अनुसार यीमध्ये धेरैजसो क्लब निकट भविष्यमा बन्द हुने क्रममा छन् भने केही क्लबहरु अन्यभन्दा अझ सफल भइरहेका छन् । यद्यपि, जे जति पनि परिवर्तन भएको छ त्यो पैसामा आश्चार्य चकित पार्ने खालका छन् । खाली त्यो शीर्ष र तल्लो क्लबका बीच मात्रै नभएर शीर्ष र बाँकी सबै क्लबबीच पनि छ । 

सन् १९९२ को अत्यसम्ममा, जुन वर्ष प्रिमियर लिगकको गठन भएको थियो, इंग्लिस फुटबलले आर्थिक संकटमा प्रवेश गर्ने क्लबको १० उदाहरण रेकर्ड गरेको थियो ।  त्यसयता यो संख्या ५४ पुगेको छ, जसमा सन् २०१० देखि पाँच वटा पूर्ण रुपले विघटित भए । एक समय थियो जतिबेला कुनै पनि फुटबल क्लब पतन हुने कुरा सुन्नमा पनि आउँदैन थियो । तर अब धेरैजसो क्लबहरु बन्द हुने वास्तविक सम्भावना देखिन्छ । 

नर्थ–वेस्टमा फुटबलको स्थिति केही हदसम्म खेलकै स्थिति समान छ । असन्तुलित, ठूला शहरको पक्षमा बढी लादिएको र आफ्ना महत्वाकांक्षाहरुलाई पुरा गर्न कम खर्चका लागि बाध्य हुनु, पछिल्लो चौमासिक–शताब्दी वा त्योभन्दा माथि, उच्च गतिशिलताबाट वर्षैपिच्छे सरल जीवित रहनका लागि । यस्तो कसरी भयो ?
.......

पुँजीवादले फुटबललाई कसरी परिवर्तन गर्यो ?
निसन्देहः इंग्ल्याण्डमा आधुनिक फुटबल वातावरणको पृष्ठभूमि भनेको सन् १९८० र १९९० को दशकमा मार्गरेट थ्याचर, जोन मेजर र टोनी ब्लेयरको क्रमिक सरकार हो । थ्याचरले वित्तीय क्षेत्रलाई नष्ट पारे, राज्यको स्वामित्वलाई सखाप पारे र पुँजीको स्वतन्त्र गतिलाई च्याम्पियन बनाए । उनका यस्ता नीति जसलाई उनका दुवै उत्तराधिकारीहरुले निरन्तरता दिए । यो फुटबल पुँजीवादको विकासका लागि उपलब्ध शर्तहरु थिए । 

फुटबल एसोसिएशनद्वारा सन् १९८३ को कदमबाट इंग्लिस फुटबलले आफ्नो नेतृत्व गर्यो । र, क्लबहरुलाई एक नियमबाट बच्ने अनुमति दियो । जुन अनुमतिले निर्देशकहरुलाई भुक्तान गर्नबाट रोक्छ । यस कदमले क्लबहरुलाई स्टक एक्सचेन्जमा तैरिनका लागि प्रभावकारी रुपले अगाडी बढायो, सेयरधनीहरुलाई एक समृद्ध र तत्काल लाभांश प्रदान गर्यो । तर सन् १९९२ मा लाभदायी समय आयो, जब देशका शीर्ष २२ क्लबहरुले एक परिवर्तनकारी डिभिजन गठन गरे । टिभी अधिकारका लागि रुपर्ट मर्दोचको बिस्काईबिसँग अभूतपूर्व सम्झौता कटौती गरे । 

यसले खेलको शीर्ष स्थानमा पैसाको प्रवाहलाई जन्म दियो । जुन देशभर टेलिभिजन लाइभ फुटबलका लागि अतृप्त भोकका कारण नयाँ अनुबन्धका साथ मात्रै अघि बढ्यो । सन् १९९२ मा स्काईले लाइभ खेल देखाएबापत् लिगले ६१ मिलियन डलर प्रतिवर्ष खर्च गरेको थियो । डिभिजनको प्रसारण अधिकारको मूल्य तीन बिलियन डलर प्रति सिजन थियो ।

यसरी पृथ्वीका सर्वश्रेष्ठ खेलाडीहरुलाई आकर्षित पार्ने डिभिजनको धन र जसको परिणामस्वरुप पृथ्वीकै धनाढ्य व्यक्तिहरुको नजर नियन्त्रण गर्दै इंग्लिस फुटबलमा पुँजीवादको समय सुरु भयो । सन् २००३ को समरमा रुसी ओलिगार्च रोमन अब्रामोबीच आफ्नो नीजि हेलिकप्टरबाट पश्चिमी लण्डनको आकाशमा उडान भरिरहेका थिए । त्यसै समय उनको आँखा एक स्टेडियममा पर्यो । केही साताभित्रमा उनले चेल्सीको मालिकको रुपमा पदभार सम्हाले । उनले एक यस्तो युगको सुरुवात गरे जहाँ इंग्ल्याण्डको फुटबल क्लबहरु केन्सिङटन पेन्टहाउस समान बने । जहाँको प्रतिष्ठाको चिन्हहरु उच्च पैसा लगाउनेलाई बेचिएको थियो । 

त्यस समयदेखि आजसम्म फुटबलका बोर्डरुमहरुले सबै प्रकारका अहंकारी–विलासीयात्री र सम्पति–नतर्कीहरुको मेजमानी खेले र अब्रामोभिच(इजरायली–रुसी व्यावसायी)को आगमनको १७ वर्षपछि डिभिजनका लगभग हरेक क्लबमा एक नयाँ मालिकहरु जो धेरैजसो अर्बपति र विदेशी छन् । यी नव आगन्तुकरुमध्ये केही असाधारण लाभदायी रहे भने केही जिम्मेवार व्यावसायी रहे । 

प्रिमियर लिगकको व्यवसाय मोडलका लागि कठिनाई यो हो कि आउने वाला पैसा रोकिएको छ । सम्भव भएसम्म बाहिर जानबाट रोकियो । प्रशारण राजस्वहरुलाई सबै २० शीर्ष फ्लाइट क्लबहरुलाई भुक्तान गरिन्छ । यसको मातहतमा रहेर लिगलाई समर्थन गर्नुपर्ने डिभिजनको दायित्व छैन । र यस कारण प्रारम्भिक रुपले भुक्तान गरिने पैसा क्लबलाई गरिने ‘प्याराशूट भुक्तान’ रुप हो । जसलाई प्रिमियर लिगबाट हालै हटाइएको छ । जसले उनीहरुलाई फेरि आफ्नो बाटो किन्न मद्दत मिल्नेछ । 

दोश्रो श्रेणीका अधिकांश क्लबहरुका लागि काँचको सिलिङ फुटाउन निक्कै गाह्रो छ । ती दुई, तीन, वा चार डिभिजनका लागि ? बिर्सिदिनुहोस् ! अपराध धाराको महान फिल्म ‘आउट अफ द पास्ट’मा रोबर्ट मित्चुमको संवादलाई उद्धृत गर्न सकिन्छ– ‘जित्ने कुनै तरिका छैन । बस् विस्तारै–विस्तारै हार्ने एउटा तरिका छ ।’

खुड्किला चढ्ने ती आशाहरु प्रायः निराशाका साथ एक ‘सुगर ड्याडी’मा परिवर्तन हुनेछन् । तर यहाँ उनीहरुले उचित विनियमको बाटो पत्ता लगाउनेछन् । लिगको ‘फिट र उचित व्यक्ति’को टेस्ट टिनमा भनिने असमर्थताका लागि राम्ररी चिनिन्छ । क्लबमा वित्तीय संकट आएपछि उनीहरुको क्रोधित सम्राटहरुसँग कुनै कपडा छैन भन्ने थाहा हुन्छ । 

यो खाली एक व्यावसायिक स्तरमा मात्रै होइन जहाँ मालिकहरु खस्छन् । टेस्ट पास गरेका माइक एशले, जसका व्यावसायिक अभ्यासहरुलाई हालै ‘भिक्टोरियन वर्कहाउस’सँग तुलना गरियो र थाक्सिन शिनावत्रा, थाइल्याण्डका पूर्वप्रधानमन्त्री जसले हजारौं असाधारण हत्या गरेको आरोप छ । र ह्युमन राइट्स वाचले ‘सबैभन्दा खराब शैलीको मानवाधिकार हनन्’को रुपमा व्याख्या गरेको छ । 

प्रिमियर लिग क्लबका लागि एक विदेशी लगानीकर्ता हो । साउदी रोयल्स, जसमाथि दमन, यातना, मनमानी नजरबन्दी र राज्यको वाणिज्य दूतावसामा एक पत्रकारको हत्याका लागि मञ्जुरी दिएको आरोप लागेको छ । यसलाई आफ्नो आवेदनले व्यापक रुपले हरियो बत्तीको संकेत पाउने आशा छ । 

तर, व्यक्तिगत मालिकहरुलाई उजागर गर्नु गलत हुनेछ यदि उनीहरु नियमभन्दा पनि अपवाद हुन् भने । म्याक्लेसफिल्ड, ब्ल्याकपूल, बुरी, ब्ल्याकबर्न, स्टकपोर्ट, बोल्टोन र वेगनको दुर्दशाको कारण उनीहरुका प्रत्येक मालिकहरुको विशेष प्रकारका अभ्यासहरुलाई दोषी ठहराइएको छ । जो यसको बद्लामा घृणाको पात्र बने र उनीहरु यसको हकदार पनि हुन् । 

यदि प्रभावमाथि केही विचार गरियो भने उसले गुमाएको टिभी सम्झौता र भगौडा व्यावसायिकता इंग्लिस खेलमा चलिरहेको प्रिमियर लिगले थोरै भएपनि देखाएको छ । सन् २०१० मा यसका मुख्य कार्यकारी रिचर्ड स्कडामोरले क्लबहरुलाई प्रभावित गर्ने खालको वित्तीय संकटहरुका बारेमा कुरा गरे ।

‘लिगद्वारा केन्द्रिय आयको राशिमा मध्यनजर गर्दा यदि एक क्लब आफैं ‘एडमिनिस्ट्रेसन’मा जान्छ भने यो पूर्ण रुपले श्रेणी, खराब प्रबन्धमा तल झर्नेछ,’ उनले भने– ‘मलाई लाग्दैन कि कोही पनि फुटबल क्लब चलाउँनका लागि प्रिमियर लिग चाहान्छ, मालिक भएर फुटबल क्लब चलाउन निकै गाह्रो छ ।’
.....

एक अन्धकार भविष्यः
आज असमानता ब्रिटेनको परिभाषा बनेको छ । तथाकथित तपस्या युगदेखि, बाल गरिबीको आँकडा रेकर्ड स्तरमा पुगेको छ । र, घरबारबिहिनको संख्या २ सय ५० प्रतिशतले वृद्धि भएको छ । किनकि वित्तीय संकटले देशलाई भयभित बनाएको छ । 

ब्रिटेनका सर्वाधिक धनाढ्य जसले ब्लेयरको सरकारको समयमा आफ्नो सम्पति दुई गुणा बनाएका थिए । अब अहिले उनी १३ मिलियन डलरभन्दा कमका मालिक ६ धनाढ्यको बिन्दुमा आइपुगेका छन् । यसबीच, बेलायतका ‘६ ठूला(हाई–स्ट्रट–बैंक्स) बैंकहरु’ लोयड्स, नेशनवाइड, आरबीएस, सानटन्डर, बार्कलेज र एचएसबिसीले वित्तीय संकटबाट विरतापूर्वक पार गरेका छन् । 

प्रिमियर लिग आफैं पनि ‘६ ठूला’ समान छ । हालैको आँकडाले म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, स्पर्स, चेल्सी, आर्सनल र लिभरपूलको संयुक्त राजस्वालाई शीर्ष चार डिभिजनमा सँगै राख्दा अन्य ८६ वटा क्लबहरुको बराबर छ । यो नयाँ यथास्थिति त्यति राम्रो छैन । ती क्लबहरुले रेकर्ड दरमा जीत हासिल गरे, उनीहरुले ट्रफी सेयर गरे । 

प्रतिस्पर्धाको मिथ कहिलेकाही वेगनको एफए कप जीत र लिसेस्टरको ५,०००–टु–१ शीर्ष जीत जस्ता बाहिरी घट्नाबाट बन्ने गर्छन् । तर, उनीहरु कम र अगाडी छन् र मुखौटा विस्तारै चिप्लिन थाल्छ । प्रिमियर लिग बाहिर र ठूला सहरबाहिर जहाँ पानीमा खुट्टा चाल्नुलाई त्यति भव्य रुपले भुक्तान गरिंदैन, वित्तीय विस्मरणको भूत अझ वास्तविक भइरहेको देखिन्छ । 

प्रिमियर लिगदेखि तल तीन डिभिजनहरुमा एक चौथाईभन्दा बढी क्लबहरुले हालका वर्षहरुमा टाट पल्टिने अवस्थाको सामान गरेका छन् । यस खतरालाई कोरोनाभाइरस संकटका कारण केही हदसम्म सुल्झाउन सकिनेछ । जसले साना क्लबहरुको ‘म्याच–डे’को कमाई लुटेको छ जसमाथि यी क्लबहरु निर्भर छन् । 

आर्थिक संकटमा प्रवेश गरेका अन्तिम तीन इंग्लिस क्लब देशका एउटै कुना हुन् । अघिल्लो साता बुधबारको खराब समाचारसम्म वेगनको ढाँचा शानदार भएको थियो र सबैकुरा ठिकठाक देखिइएको थियो । तर सोही साताको शनिबार एडमिस्ट्रेशनमा गएपछिको पहिलो खेलमा, ब्रेन्टफोर्डलाई ३–०को हारका साथ नौ खेल अचानक बन्द भए । त्यसको तीन दिनपछि ७५ जना सदस्यहरुलाई निकालिएको घोषणा आयो । 

केही क्लबहरुका लागि स्पष्ट रुपले ‘अन वा अफ’ फिल्ड मामिलाहरुलाई अलग गर्नु त्यति सजिलो छैन् । ‘आजको दिन हाम्रो लागि कठिन थियो,’ उनीहरुको प्रबन्धकले भने– ‘एउटा कुरा जो हामी सबै समर्थकहरुलाई भन्न सक्छौं कि हामी आत्मसमर्पण र कमजोर बन्ने छैनौं ।’ पिचमा खेलाडीहरु लडाई गर्न सक्छन् तर वास्तवमा उनीहरुको वरपरबाट केही महत्वपूर्ण चीज टाढिँदै गएको स्पष्ट भइरहेको छ । 

-एजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर