‘बाहुबली’ का भल्लालदेव अर्थात् राणा दग्गुबतीले गरे बिहे

मुम्बई । ‘बाहुबली’ का खलनायक भल्लालदेव अर्थात् राणा दग्गुबतीले मिहिका बजाजसँग विवाह गरेका छन् । उनीहरुको विवाह समारोह रामानायडू स्टुडियोमा  भएको हो  । 

याविवाह समारोहमा उनीहरुका परिवारका सदस्य, केही आफन्त, साथीहरु र फिल्म इन्डष्ट्रिसँग जोडिएका व्यक्तित्व समावेश थिए । समान्था अक्किनेनी नागा चैतन्य, राम चरण र अलु अर्जुन विवाह समारोहमा उपस्थित भएर राणा र मिहिकालाई बधाई दिए ।

राम चरणले इन्स्टाग्राममा राणालाई बधाई दिँदै लेखेका थिए, ‘अन्ततः मेरो हल्कले विवाह गर्यो । राणा दग्गुबती र मिहिका बजाजको विवाह सधैं सुखमय बितोस् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर