पुजालाई मनपरेन माफि : उनी लेख्छिन् –हलुका टिप्पणी सहितको माफिले अचम्भित तुल्यायो 

काठमाडौं । पत्रकार प्रकाश सुवेदीले बिहिबार प्रशारण भएको रजतपट कार्यक्रम मार्फत  ‘ दारा तथा महानायिका’ शब्द  प्रयोग गरेकोमा कलाकारहरुले आपत्ती जनाएका थिए । पत्रकार सुवेदीले आफ्नो अपमान गरेको भन्दै आइतबार अभिनेत्री पुजा शर्माले कलाकार संघ , चलचित्र पत्रकारसँघ लगायतमा सुवेदी विरुद्ध उजुरी हालेकी थिइन ।

पुजाले उजुरी दिएलगतै साँझ पत्रकार सुवेदीले एक भिडियो मार्फत आफुले कसैलाई लक्षित गरेर ‘दारे’ शब्द नभनेको भन्दै माफी मागेका थिए । उनले आफुले दारे भन्ने शब्द बोल्न नहुने थियो बोले भन्दै हजार पटक आफुलाई माफी दिन आग्रह गरेका थिए । 

तर यता अभिनेत्रीले आफुले यस्तो विषयलाई पत्रकार सुवेदीले हल्का रुपमा लिएको भन्दै माफी नदिने बताएकी छन् । उनको माफीको जवाफ दिदैँ सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छन् । त्यसमा उनले ‘दारे तथा महानायिका शब्द’लाई कार्यक्रम प्रस्तोताले हल्ला रुपमा लिएर माफी मागेको भन्दै आफुलाई अचम्म लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘ हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामी झन् आश्चर्यमा पर्यौ ! त्यस्तो गम्भिर बिषयमा उहाँले ‘ दारे ’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो । जबकी ‘दारे महानायिका ’ शब्द चिप्लिएको होइन । २ दिनकी चाँदनी फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ । मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु । तँ आउँदिन भन्ने तेरो के हैसियत के छ ? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर