• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बारले भन्यो–'न्याय सम्पादनमा प्रधानन्यायाधीशको भूमिका सन्तोषजनक भएन'

फाइल फाेटाे

काठमाडौं। नेपाल बार एसोसिएसनले न्याय सम्पादनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिका सन्तोषजनक नभएको जनाएको छ । बार एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै धानन्यायाधीश जबराले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको समेत जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । 

उनले भने, ‘ अहिलेका वर्तमान प्रधानन्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा २०७५ मंसिर, पुस, माघतिरको पत्रपत्रिका, अनलाइन हेर्यौं भने हाम्रो न्यायपालिकाभित्रको विकृति र विसंगति हटाउनका लागि न्यायिक नेतृत्व प्रधानन्यायाधीशले यसमा नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरू हामीले पाएका थियौं । तर अहिले व्यवहारमा हेर्दाखेरी सुधारका झिनामसिना कुरा भए तर जनताले चाहेको खास कुरा अझैपनि समाधान हुन सकेको छैन ।’

बारले एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन, २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिएअनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर