• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको राशिफल: साउन २७ म‌गलबार तपाईको विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगपनि छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । केहि मालसामान हराउनपनि सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट बिस्तारै सफलता र आम्दानी बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोगपनि पाइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) गरेको कामबाट सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर