• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश

एजेन्सी । सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनलाई १–० ले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो।

९५ औँ मिनेटमा युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फेर्नान्डेसले गोल गरे । म्यानचेस्टर युनाइटेड १–० को जितसहित सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर