• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इन्टर मिलान अन्तिम चारमा पुग्यो

एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत सोमबार राति भएको खेलमा इन्टर मिलानले बायर लेभरकुजनलाई २–१ ले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इन्टर मिलानको जितमा निकोलो बारेला र रामेलु लुकाकुले गोल गरे । बायर लेभरकुजनका लागि काई हाभर्ट्जले एक गोल फर्काए । दुवै तर्फबाट सबै गोल पहिलो हाफमा नै भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर